यी हुन् ४० हजार बढी मत ल्याएर जित्ने १२ सांसद


कृष्ण बुढाथोकी

मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको चुनावी परिणाम सकिन लागेको छ। हालसम्म १६५ मध्ये १६४ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। 

सर्वाधिक मत ल्याएर चुनाव जित्नेमा एमाले अध्यक्ष केपी शर्मा ओली छन्। झापा ५ बाट विजयी भएका ओलीले ५२ हजार ३१९ मत ल्याएर चुनाव जिते।

यस्तै दोस्रो सर्वाधिक मत ल्याउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने छन्। चितवन क्षेत्र नम्बर २ बाट चुनाव जितेका उनले ४९ हजार ३०० मत ल्याएर विजयी भए। 

तेस्रो सर्वाधिक मत ल्याउनेमा मोरङ क्षेत्र नम्बर ३ बाट विजयी भएका नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्मा छन्। उनले ४८ हजार ६३१ मत ल्याएर चुनाव जिते।

रामेछापबाट विजयी भएका नेपाली कांग्रेसका पूर्णबहादुर तामाङले ४७ हजार ९९ मत ल्याएर विजयी भए। 

पाँचौ सर्वाधिक मत ल्याएर जित्नेमा नेकपा एमालेका गोकुलप्रसाद बाँस्कोटा छन्। काभ्रे क्षेत्र नम्बर २ बाट विजयी भएका बाँस्कोटाले ४५ हजार ३४५ मत ल्याए।

यस्तै भक्तपुर १ बाट विजयी भएका नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले ४२ हजार ७६१ मत ल्याए।

यी हुन् सर्वाधिक मत ल्याएर विजयी हुने १२ सांसद

के.पी शर्मा ओलीनेपाल कम्युनिष्ट पार्टी (एमाले)५२३१९
रवि लामिछानेराष्ट्रिय स्वतन्त्र पार्टी४९३००
सुनिलकुमार शर्मानेपाली काँग्रेस४८६३१
पूर्णबहादुर तामाङनेपाली काँग्रेस४७०९९
गोकुलप्रसाद बाँस्कोटानेपाल कम्युनिष्ट पार्टी (एमाले)४५३४५
प्रेम सुवालनेपाल मजदुर किसान पार्टी४२७६१
टोपबहादुर रायमाझीनेपाल कम्युनिष्ट पार्टी (एमाले)४२७६५
पूर्णबहादुर खड्कानेपाली काँग्रेस४२६०७
वर्षमान पुननेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)४१७१४
सूर्यबहादुर थापा क्षेत्रीनेपाल कम्युनिष्ट पार्टी (एमाले)४१११८
भगवती चौधरीनेपाल कम्युनिष्ट पार्टी (एमाले)४०७८८
राजेन्द्र प्रसाद लिङ्देनराष्ट्रिय प्रजातन्त्र पार्टी४०६६२

सम्बन्धित खबर