सोमबार, ११ बैशाख २०८०, बारा । बारा क्षेत्र नम्बर २ को मतगणना केहीबेरमा सुरु हुने जानकारी भएको छ । सर्वदलीय बैठक सकिए लगत्तै शिक्षा तालिम केन्द्र, कलैयामा मतगणना सुरु हुने छ । मतगणनाका लागि प्रतिनिधि दलहरुका मतगणना स्थलमा उपस्थिति भइए सकेका छन् ।

मतगणना गर्ने स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रथम चरणमा २ स्थानबाट मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले बताएका छन् । आइतबार भएको उपनिर्वाचनमा बारामा करिब ६३ प्रतिशत मतदान भएको थियो ।

यस क्षेत्रमा जनता समाजवादी पार्टीका उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा बीच मुख्य प्रतिस्पर्धा भएको थियो ।