मजदुरसँगै हातेमालो गरेर अघि बढ्छ, राप्रपा बस्नेत


कृष्ण बुढाथोकी

१८ बैशाख २०८०, सोमबार
दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा नं. १ का राप्रपाका अध्यक्ष रामहरि बस्नेत एक सय ३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमिकहरुलाई शुभकामना दिएका छन् । सामाजिक संजालमा शुभकामना सन्देश दिँदै उनले श्रमिक मजदुरहरुको पहिचान र दिगो उत्थानको निम्ति श्रमिकहरुको हकअधिकार सुनिश्चित गर्न राप्रपा सँधैभरि मजदुरसँग हातेमालो गरेर अघि बढ्ने कुरा बताएका छन् ।

आफ्नो रगत पसिना र श्रम बेचेर मिहिनेतको कमाइ खाने श्रमिक पर्वको रुपमा श्रमिक मजदुर दिवस भनाईएको भनाइ छ । विश्वभरिको श्रमिकलाई एकताको सुत्रमा बाध्न अन्तर्राष्ट्रिय श्रमिक दिवसले काम गर्ने उनले बताए । अन्तर्राष्ट्रिय श्रमिक दिवस श्रमिकहरुको एकता, विरता र संघर्षको प्रतिकको रुपमा रहेको बस्नेतको बुझाई रहेको छ ।

सम्बन्धित खबर