रवि लामिछानेका चालकको अन्त्येष्टि आज


कृष्ण बुढाथोकी

२० बैशाख २०८०,बुधबार
दोलखा । रास्पाका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापाको आज बुधबार अन्त्येष्टि गरिने भएको छ।

रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराकाअनुसार थापालाई बिहान १० बजे अन्त्येष्टि गरिनुका साथै पोष्टमार्टम गरि सकेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तय भएको छ।

घरको छतबाट खसेर घाइते भएका चालक थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो।

अस्पताल स्रोतका अनुसार दिउँसो २ बजेतिर मृत्यु भएको हो।

सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान पौने ४ बजेतिर थापा घरको छतबाट खसेका थिए।

सुरूमा भरतपुरमै उपचार गरे पछि थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार थालिएको थियो।

सुरूदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

घटना भएको रात रास्वपाका महामन्त्री डाक्टर मुकुल ढकालका चालक पनि थापासँगै सुतेका थिए। थापा राति छतबाट खसे पछि चितवन प्रहरीले उक्त घटनाको अनुसन्धान गरेको थियो।

अनुसन्धानमा राति रक्सी खाएको र त्यसैको नसामा हिँडदा छतबाट खसेको हुनसक्ने देखिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिएका छन।

‘अरू कुनै कारण देखिएन,’ उनले भने।

प्रहरीले उनीहरूको कोठाबाट रक्सीका बोतल फेला पारेको थियो।

सम्बन्धित खबर