प्रतिनिधि सभाको बैठक सोमबार पनि बस्दैछ । बिहान ११ बजे बोलाइएको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ।
नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरू भएको हो। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथिको छलफलको प्रस्ताव प्रस्तुत गरेलगत्तै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले धारणा राखेका थिए।
