शुक्रबार, ०१ असार २०८०
दोलखा । राष्ट्र हित हुने जुन सुकै कुरा हामीले राख्न पाउनु र छिमेकी देशले हेप्न खोज्छ भने त्यसको प्रतिकार गर्नु हाम्रो देशको मौलिक अधिकार हो । त्यसै गरि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ बारे सदनमा कुरा उठाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद शाहले ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादबारे काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाहको अभिव्यक्तिपछि अन्यौलता छाएको बताएका छन ।
‘जुन संवादले विवाद सिर्जना भयो त्यसमा भारतीय निर्माण पक्षले हिजो विवादित संवाद काटेर पठायो र अहिले पास पनि भयो प्रदर्शनको लागि नेपालमा तर काठमाडौँका मेयर बालेन शाहले भारतमा पनि उक्त संवाद नहटाएसम्म कुनै पनि हिन्दी फिल्म चलन नदिने भने पछि अन्योल छाएको हो।’ भारतले हाम्रो स्वभिमान र सार्वभौम अस्तित्वलाई अतिक्रमण गरिरहेकोबारे बोल्नुपर्ने सांसद शाहको शिघ्र भनाइ छ ।
‘चलचित्र आदिपुरुषको कुरा मात्र होइन, हाम्रा हरेक यथार्थमा पनि कहिले बुद्ध उताको भनेको छ, कहिले सीता उताको भनीएको हुन्छ । कहिले कालापानी, लिम्पियाधुरा हाम्रो हो भनेको छ, कहिले सांस्कृतिक नक्सा भनेर हाम्रो ठाउँ नै गायब गराइएको छ,’ उनले भने, ‘हाम्रो इतिहास माथि छिमेकबाट यस्तो नकारात्मक विचार पैदा गरिरहदा हामीले भन्न सक्नुपर्छ कि यसले हाम्रो चित्त दुख्छ भनेर, हाम्रो स्वभिमान र सार्वभौम अस्तित्वलाई अतिक्रमण गरेको छ भनेर ।’
सरकारले प्रतिकार दिन नसक्दा सरकार भित्रकै अर्को जोसिला यूवा सरकारले उठाएको सास बालेनले बोलेर सही गरेको उनको भनाइ छ । यस विषयलाई परराष्ट्रमन्त्री र सञ्चारमन्त्रीले गम्भीर रुपमा लिनुपर्ने सांसद साहले जानकारी दिए ।
