कालिन्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिसम्ममा कम्पनीले ३ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

यो नाफा अघिल्लो वर्षको भन्दा ११४.९९% ले धेरै हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा १ करोड ४८ लाख रुपैयाँ रहेको थियो। पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटन व्यवसायमा सुधार आउँदा कम्पनीको नाफा बढ्न पुगेको छ।

असार मसान्तसम्म आईपुग्दा कम्पनीको आम्दानी पनि ५ करोड ६७ लाख रुपैयाँबाट बढेर ७ करोड ५९ लाख रुपैयाँ भएको छ। यस्तै, कम्पनीको कुल आम्दानी पनि ५ करोड ५ लाख रुपैयाँबाट बढेर ६ करोड ८२ लाख रुपैयाँ पुगेको छ। कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी पनि १ करोड ३८ लाख रुपैयाँबाट बढेर २ करोड ५ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको आम्दानी, कुल आम्दानी र अन्य श्रोतबाट हुने अम्दानी बढ्दा मुनाफा पनि बढेको हो। हाल कालिन्चोकको चुक्ता पुँजी ६० करोड रुपैयाँ रहको छ भने रिजर्भ कोष १ करोड ८० लाख रुपैयाँ ऋणात्मक रहेको छ। यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०९ पैसाबाट बढेर ५ रुपैयाँ ९६ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ९९ पैसा छ।