सोमबार, २२ साउन २०८०, दोलखा । दोलखामा बाढीपहिरो र खोलाले बगाएर चार जना वेपत्ता भएका छन्। पहिरोमा परी दुई जना र खोलाले बगाएर दुई जना वेपत्ता भएका हुन्।

साउन १८ गते दोलखाको गौरीशंकर गाउँपालिका–७ मार्वुको टोपाटारमा पहिरोमा पुरिएर दुई जना वेपत्ता भएका थिए। वेपत्ता हुनेमा स्थानीय ४९ वर्षिय हरिलाल श्रेष्ठ र ६० वर्षिय कृष्णबहादुर मगर रहेको खुलेका छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सहितको सुरक्षा फौज र स्थानीयले खोजीकार्य जारी राखे पनि उनीहरुलाई अझै फेला पार्न सकिएको छैन। आजपनि डोजर लगाएर पहिरो पन्छाउँदै बेपत्ता भएकाहरुको खोजी कार्य भईरहेको गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिए।

साउन १० गते गौरीशंकर गाउँपालिका–७ मार्वुकी एक बालिका खोलाले बगाएर वेपत्ता भएकी थिइन्। हिमावर्ती माध्यामिक विद्यालयबाट घर फर्कने क्रममा १५ वर्षिया बालिका आयुषा श्रेष्ठलाई स्थानीय घट्टेखोलाले बगाएको थियो। कक्षा ६ मा अध्ययनरत श्रेष्ठलाई वेपत्ता भएको ११ दिनसम्म पनि फेला पार्न नसकिएको र बालिका नभेटिएपछि परिवारजनले जिवितै फेला पार्ने आशा मारेर आज काजकिरिया सकेको वडा अध्यक्ष सोनाम शेर्पाले जानकारी दिए।

दोलखामा बाढीपहिरो र खोलाले बगाएर चार जना वेपत्ता भएका छ। पहिरोमा परी दुई जना र खोलाले बगाएर दुई जना वेपत्ता भएका हुन। साउन १८ गते दोलखाको गौरीशंकर गाउँपालिका–७ मार्वुको टोपाटारमा पहिरोमा पुरिएर दुई जना वेपत्ता भएका थिए। वेपत्ता हुनेमा स्थानीय ४९ वर्षिय हरिलाल श्रेष्ठ र ६० वर्षिय कृष्णबहादुर मगर रहेका छन्। जिरी नगरपालिका वडा नम्बर ४ घैलेश्वारा स्थायी घर भएका सब ओभरसियर २५ वर्षिय कुशल कार्की गत असार २९ गते खिम्ती–२ जलविद्युत आयोजनको हेडवक्र्सबाट चिप्लिएर खिम्ती खोलामा खसेर वेपत्ता भएका थिए।

यस्तै, जिरी नगरपालिका वडा नम्बर ४ घैलेश्वारा स्थायी घर भएका सब ओभरसियर २५ वर्षिय कुशल कार्की गत असार २९ गते खिम्ती–२ जलविद्युत आयोजनको हेडवक्र्सबाट चिप्लिएर खिम्ती खोलामा खसेर वेपत्ता भएका थिए। जिरी नगरपालिका–८ स्थित बोक्सेको भिर नजिकबाट हेडवक्र्सको काम गर्ने क्रममा चिप्लिएर उनी खोलामा खसेका हुन्। कार्कीलाई बेपत्ता भएको करिव एक महिनासम्म पनि फेला पार्न सकिएको छैन। लामो समयसम्म खोजी गर्दा पनि उनी नभेटिएपछि कार्कीका परिवारजनले काजकिरिया गरेको जिरी नगरपालिका–४ का वडा अध्यक्ष पदेमान जिरेलले जानकारी दिएका ििथए।

बाढी पहिरो र खोलामा बगेर बेपत्ता भएकाहरुको खोजी कार्य भने अहिले पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक राजेश सिग्देलले बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहे पनि जिवितै फेला पार्न सक्ने सम्भावना भने न्यून रहेको बताएका छन।