विहीबार, ११ असोज २०८०, दोलखा। प्रहरीले दोलखाको सिंगटीबाट तस्करीको चार किलो सुन बरामद गरेको छ।

गए राति दोलखा प्रहरीले सिंगटी बजारबाट करिब चार किलो सुनसहित तीनजनालाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय सिंगटीको टोलीले सुन बरामद गरेको हो। यद्धपी, पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन। राती मुचुल्का उठाइएको र घटनाको बारेमा विस्तृतमा आज सार्वजनिक गर्ने दोलखाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिए।

केही दिन अघि मात्रै खुलेको लप्ची नाकाको लामाबगर हुँदै तस्करहरूले सुन भित्र्याएको अनुमान गरिएको छ। चिन सरकारले तिब्बती सीमा लामावगर तर्फको एउटा नाका गत साता खुलाएको थियो।