सोमबार, २५ भदौ २०८०, दोलखा। राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई हत्याको विरोधमा आन्दोलन गर्ने भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय जनावर गाईको हत्या गरिएको विरोधमा भदौ २७ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको हो। सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाले भदौ २७ गते आन्दोलन गर्ने जानकारी गराएको हो। आन्दोलनमा राप्रपा सहित विभिन्न धार्मिक संघ, संगठनहरुको पनि सहभागिता रहने जनाइएको छ।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खा सकिएपछि सडकमा मान्छे उतार्ने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री दाहालको आन्दोलन गर्ने दिन सकिएको बताए। उनले सके काम गर्न र नसके राजीनामा दिएर घर बस्न प्रधानमन्त्रीलाई आग्रह गरे।
उनले आन्दोलन कसरी गर्नु पर्छ भन्ने कुरा आफूहरुले देखाउने बताए। राष्ट्रियता, धर्म निरपेक्षता र राष्ट्रियताको सवालमा सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एकजुट रहेको बताए।
प्रवक्ता शाहीले हिन्दुहरुको आस्थामाथि आक्रमण गरिएको भन्दै सो काम गर्नेहरु अतिवादी भएको जिकिर गरेका छन्। उनले हिन्दु धर्म र संस्कार मास्छु भनेर आउनेहरु अतिवादी र आतंकवादी भएको भन्दै उनीहरुलाई तह लगाउने बताए।
उनले आफूहरु धर्म, संस्कृतिको रक्षामा लागेको भन्दै र्धम, संस्कृतिको रक्षा गर्दा अतिवादी नहुने बताएका छन्।
© २०८२, अनलाईन बुलेटिन