२०८० जेष्ठ १५, सोमबार
दोलखा । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी आज रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशम सहित १९ जनाको कैद सजाय माफी गरेसँगै चौधरीलाई पनि रिहा गरिएको हो ।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै क्षेत्रका तहको अदालतबाट जेल सजाय पाएका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै छुटेका हुन् । उनी छुटे पछि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग उनी मन्त्री क्वार्टर पुगेका थिए । त्यसपछि माइतीघर पुगेर आफ्ना कार्यकर्ताहरूसँग खुसीयाली मनाएका छन् । रेशम आजै कैलाली जाने कार्यक्रम रहेको छ ।

राष्ट्रपतिबाट गणतन्त्र दिवसको अवसरमा आम माफी पाएका उनको स्वागतका नेतृ एलिजा गौतम सहित पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरू डिल्लीबजार कारागार पुगेका थिए । उनीहरूले रेशमलाई फूल मालाले भव्य स्वागत गरे । उनको स्वागतका लागि आज बिहानै देखि डिल्लीबजार कारागारमा नेता, कार्यकर्ताको भीड लागेको छ । तर सामाजिक सञ्जालमा भने सरकारको र सरकारले यस निर्णयको चौतर्फी विरोध भएको छ ।