
भारतबाट डिजेल र पेट्रोलको मूल्य बढेर आएको छ। त्यस्तै ग्याँसको मूल्य भने घटेर आएको छ।
नेपाल आयल निगमलाई बिहीबार बिहान भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यअनुसार डिजेल लिटरमा २ रुपैयाँ ११ पैसा र पेट्रोलमा २ रुपैयाँ ४ पैसा मूल्य बढेको छ।
यस्तै हवाई इन्धनको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आएको छ भने खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर ४९ रुपैयाँले घटेर प्राप्त भएको निगमले जनाएको छ।
नयाँ मूल्यपछि १५ दिनमा निगम एक अर्ब ७५ करोड रुपैयाँ नाफामा छ। नयाँ मूल्य पछि उपभोक्ता मूल्य बढाउने वा नबढाउने भन्ने निर्णय भने निगम सञ्चालक समितिले गर्न बाँकी छ।