बिहीबार, २१ मङ्सिर २०८०, दोलखा। काठमाडौँ । ट्राफिक प्रहरीलाई एक बोतल पानी ४० रुपैयाँमा बेच्नेलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ। काठमाडौँ महानगरपालिकाले एक बोतल पानीको ४० रुपैयाँ लिएको भन्दै वडा नम्बर २८ का सजन गोठलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो।
ट्राफिक प्रहरीले महानगरमा उजुरी दिएपछि उनको पसललाई १० हजार रुपैयाँ जरिवाना गराइएको महानगर प्रहरीले जनाएको छ। तोकिएको मूल्यभन्दा बढी लिएको पाइएपछि जरिवाना गरिएको महानगरले जनाएको छ।
यसअघि एक पानी उद्योगलाई १ लाख रुपैयाँ जरिवाना गरेको थियो। ए एण्ड बि वेभरेज इण्ड्रिस्टिजलाई महानगरले १ लाख रुपैयाँ जरिवाना गराएको थियो। किरा भएको बोतल प्याक गरेको पाइएकाले त्यसमा ध्यान दिन समेत निर्देशन दिएको थियो। त्यस्तै खानेपानी भर्नु अघि अनिवार्य निर्मलीकरण गर्न, ल्याब परीक्षण निर्देशन अनुसार समय समयमा गर्ने गरी प्रतिवेदन ढुवानीकर्तालाई समेत उपलब्ध गराउन निर्देशन दिएको थियो।