सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


अनलाईन बुलेटिन संवाददाता

आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।

आइतबार प्रति तोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा नै कारोबार भईरहेको छ।

आज तेजावी सुन पनि स्थिर रहदै प्रति तोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदीको भाउ पनि स्थिर रहदै प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ६ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९५ हजार २ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय १३ रुपैयाँ कायम गरेको छ।

बजेटले सुनको भन्सार शुल्क बढाएपछि ४ दिनको अवधि मै सुनको मूल्य ५२ सय रुपैयाँले बढेको थियो। त्यसपछि हिजो आइतबार सुनको मूल्य घटेको थियो भने आज सुनको मूल्य स्थिर रहेको हो।

आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले विलासिताको वस्तुको रुपमा सुन र चाँदीमा भन्सार शुल्क १५ प्रतिशतले वृद्धि गरेका छन्।

सम्बन्धित खबर