
सोमबार नेप्सेमा करेक्सन आएको छ।
अघिल्लो कारोबार दिन अर्थात् आइतबार ५३.३ अंकले नेप्से बढेकाले बजारमा नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्सेमा करेक्सन आएको हो।
सोही कारण सोमबारको बजार सामान्य प्रभावित भएको हो।
यस दिन नेप्से ०.९१ प्रतिशतले घटेर १९०१.९९ बिन्दुमा पुगेको छ। सोमबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँ पुगेको छ।
यस दिन २७७ वटा धितोपत्रको ५६ लाख २० हजार ३८१ कित्ता सेयर किनबेच भएको हो।
