मंगलबार होटल्स तथा पर्यटन समूहमा लगानीकर्ताको उच्च आकर्षण


अनलाईन बुलेटिन संवाददाता

मंगलबार नेप्से परिसूचक २५.६६ अंकले बढेको छ।

यस दिन नेप्से १.३५ प्रतिशतले बढेर १९२७.६५ बिन्दुमा पुगेको छ। मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँ पुगेको छ।

यस दिन २६९ वटा धितोपत्रको ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर किनबेच भएको हो।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

मंगलबार होटल्स तथा पर्यटन समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। यस दिन उक्त समूहको परिसूचक सर्वाधिक ५.६७ प्रतिशतले बढेको छ।

यस्तै, निर्जीवन बीमा समूहको परिसूचक ४.६४ प्रतिशत र जलविद्युत समूहको परिसूचक ३.१५ प्रतिशतले बढेको छ।

सम्बन्धित खबर