घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?


अनलाईन बुलेटिन संवाददाता

बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

बुधबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित खबर