मंगलबार, २३ साउन २०८०, दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दै आएको बताएका छन।

सभापति लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिनिधि सभाको बैठक नचलेकोमा आक्रोश व्यक्त गर्दै यस्तो बताए।

सभापति लामिछानेले, ‘वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं भने कुरालाई आफुले ध्यान दिएको भनि सामाजिक सञ्जार फेसबुकमार्फत जिकिर गरेका छन्। कयौं कानुन बनाउनु पर्नेछ, कयौं कानुनमा संशोधन आवश्यक छ। जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नुछ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ दुखद।’

हिजो सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर ४ बजेका लागि सारिएको थियो। ४ बजेका लागि सारिएको बैठक पनि आज स्थगित भएपछि सभापति लामिछानेले आक्रोश व्यक्त गरेका थिए।