सुन–चाँदीको भाउ सामान्य घट्यो


अनलाईन बुलेटिन संवाददाता

नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ सामान्य घटेको छ।

अघिल्लो दिन अर्थात् मंगलबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ।

आज चाँदी प्रतितोला १ हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सम्बन्धित खबर