बुधबार, ३१ जेठ २०८०, दोलखा ।
तनहुँको व्यास नगरपालिका वडा नं. ४ स्थित चिहानडाँडा नजिकको नालामा बोरा भित्र मृत फेला परेकी एक महिलाको सनाखत गरिएको छ ।
हिजो मङ्गलबार बिहान चिहानडाँडा स्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र फेला परेकी अन्दाजी २५–३० वर्षीया महिलाको सनाखत गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले प्रष्ट जानकारी दिएको छ ।
प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले मृतक महिला व्यास नगरपालिका–१४ छाब्दी निवासी रहेको र उक्त घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । खाणले भने, “लगभग सनाखत भएको साथै एक जनालाई अनुसन्धान गरिरहेका छौँ । पूरा विवरण आज दिउँसोसम्ममा सार्वजनिक गर्ने र्छौँ ।”
अनुसन्धान प्रक्रियाका कारण मृतक महिलाको नाम र पक्राउ परेका व्यक्तिको नाम अहिले सार्वजनिक नगरिएको प्रनाउ खाणले जानकारी दिए । बोराभित्र हात बाँधिएको अवस्थामा ती महिला मृतावस्थामा फेला परेकी थिइन् । उक्त बाटो हिडडुल गर्ने स्थानीयवासीले गन्ध पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
© 2025, Online Bulletin