बुधबार, ३१ जेठ २०८०,
दोलखा । यूरोप भ्रमणमा रहेका पूर्व परराष्ट्रमन्त्री एवम् संघीय सांसद डा.नारायण खड्का र पोल्याण्डका पूर्व राष्ट्रपति लेख वालेसाका बीच भेटवार्ता भएको छ । भेटमा पूर्व राष्ट्रपति वालेसाले आफै क्रान्ति अथवा परिवर्तनको पक्षपाती भएको जानकारी दिए । उनले अहिले विश्व घटनाक्रमको यही पाराले विश्वले भोगेका समस्याको समाधान हुन् नसक्ने बताएका छन । युक्रेन माथि रूसको हमलाले विश्व अहिले असुरक्षित रहेको बताउँदै उनले भने शान्ति,लोकत्रन्त्र र सम्बृदीका लागि यसले ठूलो चुनौती थपेको छ।
अहिले केहीले भने जस्तो समाजवादले पनि समानता र न्याय दिन नसक्ने हो भने पूँजीवादले पनि आशातित अपेक्षाहरू पुरा गर्न असमर्थ हुँदा प्रजातन्त्रवादी देशहरुमा धार्मिक कट्टरपन्थी तथा दक्षिणपन्थीहरु हावी हुँदै गएकोले थप समस्या आएको चर्चा गरेका थिए । उक्त भेटमा नेपाल र पोल्याण्डको सम्बन्धका विविध पक्षहरुमा समेत छलफल भएको कुरा डा.खड्काले जानकारी दिए । खड्काले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको तर्फबाट नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका छन ।
निमन्त्रणा स्वीकार गर्दै आफ्नो नेपाल आउने इच्छा पनि रहेकाले चाडै नेपाल आउन सक्ने उनका् भनाई छ । सन् १९८० को दशकमा पोल्याण्डमा रहेको एक दलीय अधिनायकवादी व्यवस्था विरुद्वको चर्चित मजदुर आन्दोलनको नेतृत्व नोवेल पुरस्कार विजेता लेख वालेसाले गरेका साथै वालेसाले नेतृत्व गरेको विश्वमै चर्चित सोलिडारिटी मुभमेन्टले पोल्याण्डमा मात्र नभएर पूर्वी यूरोप भरिनै एक दलीय व्यवस्था अन्त्य गर्दै बहुदलीय लोकतान्त्रिक व्यवस्था स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।
हिजै पूर्व परराष्ट्रमन्त्री खड्काले पोल्याण्डका विदेश राज्यमन्त्री वोचीयच गेरवेलसँग पनि नेपाल पोल्याण्डका बीच दुई पक्षीय हितका विषयमा लामो छलफल गरेको र उक्त भेटमा पोल्याण्डका लागि नेपालका वाणिज्यदूत डा.वोधराज सुवेदीको पनि उपस्थिति रहेको दखिएको थियो ।
