
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ५ अंकले बढेको छ।
बिहीबार नेप्से ०.२५ प्रतिशतले बढेर २०४२.०७ बिन्दुमा पुगेको छ। त्यस्तै यस दिन ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँ पुगेको छ।
कुल २७० वटा धितोपत्रको ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार सिटी होटलको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य १७८ रुपैयाँ ७० पैसा पुगेको छ।
यस्तै, अभियान लघुवित्तको सेयर मूल्य ९.२० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७६० रुपैयाँ पुगेको छ। सेयरमूल्य सर्वाधिक घट्ने कम्पनीमा भूगोल इनर्जी रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.८६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३०० रुपैयाँ ३० पैसामा झरेको छ।
बिहीबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ५३८ रुपैयाँ ६० पैसामा १७ करोड ९३ लाख बराबरको सेयर कारोबार भएको हो।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी ७ समूहको परिसूचक घटेको छ।