असार १० गतेदेखि अप्पर स्याङ्गे हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने


अनलाईन बुलेटिन संवाददाता

सर्वसाधरणका लागि अप्पर स्याङ्गे हाइड्रोपावरले असार १० गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो।

जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ। यो मध्ये १०% अर्थात् ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ।

त्यस्तै, ५% अर्थात् ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र २% अर्थात् १३ हजार कित्ता कर्मचारीलाईलाई छुट्याइएको छ। बाँकी ५ लाख ३९ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यसमा असार १३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असार २४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन्। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ।

सम्बन्धित खबर