नेपालमा पहिलो पटक मंकीपक्स संक्रमण पुष्टि


अनलाईन बुलेटिन संवाददाता

नेपालमा पहिलो पटक मंकीपक्स (एमपक्स)को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा एक जना विदेशी महिलामा मंकीपक्सको संक्रमण पुष्टि भएको बताए।

सहप्रवक्ता अधिकारीले ६० वर्षीया विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो शंकास्पद लक्षण देखिएपछि नमुनाहरु संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा शुक्रबार एमपक्स संक्रमण पुष्टि भएको बताएका हुन्।

ती महिला अहिले सामान्य स्वास्थ्य अवस्थासहित चिकित्सकको निगरानीमा छिन्।

थप खोज अनुसन्धान तथा उपचार कार्य जारी रहेको पनि प्रवक्ता अधिकारीले बताएका छन्। नेपालसहित अहिलेसम्म विश्वका १११ देशमा यो रोगको संक्रमण देखिएको पनि उनले जनाए

सम्बन्धित खबर