पूर्वराष्ट्रपति भण्डारी : स्काउटले उल्लेखनीय सफलता हात पारेको छ


कृष्ण बुढाथोकी

मंगलबार, ०५ असार २०८०
दोलखा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारिरहेको जानकारी दिएकी छन् ।

आज मंगलवार नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले नेपाल स्काउटले दक्षिण एशियामा स्काउटमा सबैभन्दा बढी सदस्यता लिन सक्नु साथै अन्तर्राष्ट्रिय स्काउटका कार्यक्रमहरु नेपालमा सञ्चालन गर्नुले पनि स्काउटले राम्रा काम प्रमाणित गरिहरेको बताइन् ।

भण्डारीले कोरोना महामारीका बेलामा पनि स्काउटले खेलेको भूमिकाको चर्को प्रशंसा गरिन् । भण्डारीले देशमा आइपर्ने प्राकृतिक एवं अन्य विपद्को समयमा विपद् व्यवस्थापन र प्रभावितहरूको उद्धार कार्यमा नेपाल स्काउट सदैव अग्रमोर्चामा रहँदै आउनु राम्रो भएको र अझै यसलाई अघि बढाउँदै लैजानुपर्ने बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले नेपाल स्काउटले माजमा कलंकको रुपमा रहेको लागुऔषधबाट युवाहरु टाढा राख्ने कुरा, महिला हिंसाविरुद्धका अभियान लगायत विभिन्न सामाजिक घटननाहरुमा साथ र सहयोग गर्दै आएको बारे पनि प्रशंसा गरिन् ।

सम्बन्धित खबर