१४ अंकले घट्यो बजार, साढे ३ अर्बको कारोबार


अनलाईन बुलेटिन संवाददाता

बुधबार नेप्से परिसूचक १४.०५ अंकले घटेको छ।

यस दिन नेप्से ०.६८ प्रतिशतले घटेर २०५०.७८ बिन्दुमा पुगेको छ। आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९५३ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ३ अर्ब ४९ करोड ८ लाख १६ हजार २०३ रुपैयाँमा सीमित भएको छ।

यस दिन २७१ वटा धितोपत्रको ८६ लाख ३९ हजार ६४४ कित्ता सेयर किनबेच भएको हो।

बुधबार सिटी होटलको सेयरमूल्य सर्वाधिक बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य २६१ रुपैयाँ ४० पैसा पुगेको छ।

यस्तै, सोल्टी होटलको सेयरमूल्य प्रतिकित्ता मूल्य ४७० रुपैयाँ कायम भएको छ।

सेयरमूल्य सर्वाधिक घट्ने कम्पनीमा ग्रीन भेञ्चर्स रहेको छ। उक्त कम्पनीको सेयर मूल्य प्रति कित्ता मूल्य ४५३ रुपैयाँमा झरेको छ।

यस्तै, मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य प्रति कित्ता मूल्य २५५ रुपैयाँ ४० पैसामा सीमित भएको छ।

बुधबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ५३८ रुपैयाँमा २२ करोड ४८ लाख बराबरको सेयर कारोबार भएको हो।

सम्बन्धित खबर