बजेटमा सांसदले राखेका प्रश्नको आठ मन्त्रीले दिए जवाफ


कृष्ण बुढाथोकी

सोमबार, ११ असार २०८०
दोलखा । प्रतिनिधिसभाको हिजो आइतबार बसेको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत प्रतिनिधिसभा सदस्यहरूले मन्त्रालयगत छलफलमा उठाएका प्रश्नहरूको आठ मन्त्रीले जवाफ दिएका छन् ।

हिजो आइतबार गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले जवाफ दिएका हुन् ।

प्रतिनिधिसभाको अर्को बैठक आज ११ गते सोमबार बिहान ११ः०० बजे बस्ने बैठकमा १० मन्त्रीले जवाफ दिनेछन् ।

सोमबारको बैठकमा रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर