
मंगलबार नेप्से परिसूचक ५६.९४ अंकले बढेको छ। आज नेप्से २.६७ प्रतिशतले बढेर २१८६.३६ बिन्दुमा पुगेको छ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन ५ अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७४० रुपैयाँ पुगेको छ।
यस दिन २७५ वटा धितोपत्रको १ करोड ३१ लाख ७ हजार ८० कित्ता सेयर किनबेच भएको हो।
लगानीकर्ताहरू अहिले क्षेत्रगत (सेक्टर) परिवर्तन गरिरहेका छन्। केही समय अघिसम्म होटल्स, जलविद्युत कम्पनीका लगानी गरिरहेकाहरू अहिले बीमा र लघुवित्त तिर ओइरिएका हुन्।
सोही कारण मंगलबारको बजारमा ३० वटा कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ। अधिकांश लघुवित्त कम्पनीको सेयरमूल्य बढेको छ।
यसैगरी, सेयरमूल्य सर्वाधिक घट्नेमा सिक्लेस हाइड्रोपावर रहेको छ। कम्पनीको सेयरमूल्य ३.८८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३९८ रुपैयाँ ९० पैसामा सीमित भएको छ।
