कुथेली बुखरी स्मल हाइड्रोपावरले सर्वसाधरणका लागि असार २६ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ।
कम्पनीले १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ लाख २१ हजार ८६८ कित्ता सेयर निष्कासन गर्नेछ।
यो मध्ये १०% अर्थात् १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ। त्यस्तै, ५% अर्थात् ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषका लागि र २% अर्थात् २ हजार ४३७ कित्ता कर्मचारीलाईलाई छुट्याइएको छ।
बाँकी १ लाख १ हजार १५१ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।
© 2025, Online Bulletin