सिन्धुपाल्चोकमा ४ दशमलव २ रेक्टरस्केलको भूकम्प


कृष्ण बुढाथोकी

मंगलबार, भदौ १८, २०८१, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको छ।

जिल्लाको सिखरपुर आसपास आज बिहान ६ बजेर ११ मिनेटमा ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो। पछिल्लो समय विभिन्न स्थानहरुमा साना–ठुला भूकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

यो भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा पनि महसुस गरिएको भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए। यो २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु भएर गएको शक्तिशाली भूकम्पको पराकम्प हो। गोरखा भूकम्पपछि हजारौँ पराकम्प गइसकेका छन्।

सम्बन्धित खबर