आज (बिहिबार) सुनको मूल्य घटेको छ । आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको हो ।
छापावाला सुन आज ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुन प्रति तोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाला सुन प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रति तोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2025, Online Bulletin