सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले भैरहवामा पाँचतारे होटल सञ्चालनमा ल्याएको छ। ग्रुपको यो पहिलो पाँचतारे होटल हो।
साढे २ अर्ब रुपैयाँ लगानीमा ग्रुपले पहिलो पाँच तारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको जनाएको छ। होटल भैरहवाको अञ्चलपुरमा चार बिघा क्षेत्रफलमा फैलिएको छ।
होटलमा डिलक्स एक्जुकेटिभ स्वीट, प्रेसिडेन्टियल स्वीट, स्वीट र ७२ वटा डिलक्ससहित चार तहका ८५ वटा कोठा छन्।
होटलमा क्यासिनोको समेत सुविधा छ।
यस्तै सभा हल, ३ वटा सेमिनार हल, लबी लाउञ्ज, अल डे डाइनिङ, रुफ टप रेष्टुरेन्ट, स्वीमिङ पुल, फिटनेस, जिम हल, स्पासहितको हेल्थ क्लब, लङ टेनिस कोर्ट लगायतका पूर्वाधार होटलमा राखिएका छन्।
होटलमा तीन सय जनाले रोजगारी पाएको ग्रुपले जनाएको छ।
चार वर्षमा सम्पन्न गर्ने गरी २०७६ साल वैशाखबाट होटल निर्माण सुरू गरिएको थियो।
गौतम बुद्धको जन्मस्थल तथा हालै मात्र सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेकाले यस अत्याधुनिक तथा सुविधा सम्पन्न होटल स्वदेशी तथा विदेशी पर्यटकरूको रोजाइमा पर्ने ग्रुपका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपानेले बताए।
होटल लुम्बिनीबाट २० किलोमिटरको दुरी छ। यस्तै अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलोमिटर र सिद्धार्थ राजमार्गबाट करिब दुई सय मिटरको दूरीमा रहेको छ।
© 2025, Online Bulletin