शुक्रबार, १५ असार २०८०,
दोलखा । २०औँ राष्ट्रिय धान दिवसका अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले धान रोपेका छन् । कृषि विभागको आयोजनामा खुमलटारस्थित कृषि अनुसन्धान परिषद् परिसरमा आयोजित रोपाइँ महोत्सवमा कृषि मन्त्री डा. बेदुराम भुसाललगायत उच्च सरकारी अधिकारीले सहभागिता जनाएका थिए ।
सो क्रममा मन्त्री भुसालले ट्याक्टरमार्फत पनि धान रोप्नुका साथै उनी लगायत मन्त्रालयका अधिकारीहरूले भौतिक रूपमा धान रोपेका थिए ।




