१५ असार २०८० शुक्रबार
दोलखा । एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ६० करोड रूपैयाँ) ऋण स्वीकृत गरेको छ। एडिबीले नेपालको आन्तरिक तथा बाह्य व्यापारको नीतिगत सुधारको लागि सो रकम बराबरको ऋण स्वीकृत गरेको हो। नेपालको कुल गार्हस्थ्य उत्पादनमा व्यापार तथा उद्योग क्षेत्रको योगदान १४.१ प्रतिशत रहेको छ। सरकारले व्यापार र निकासी प्रवद्र्धनको वातावरणमा सुधार र प्राथमिक वस्तुको आपूर्ति शृङ्खलालाई सुदृढ गरी कुल गार्हस्थ्य उत्पादनमा व्यापारको योगदान बढाउन जोड दिँदै आइरहेको छ।
एडिबीबाट आउने सो ऋण बापतको रकम भन्सार, लजिष्टिक, यातायात र बन्दरगाह लगायतका क्षेत्र भित्र खर्च गरिने भनिएको छ । ‘व्यापार र उद्योग क्षेत्रको विकासले प्रतिस्पर्धात्म कतालाई बढावा दिने र देशलाई दिगो आर्थिक वृद्धि तर्फ डोयाउन मदत गर्नेछ’ एडीबी दक्षिण एसिया विभागका क्षेत्रीय सहयोग तथा सञ्चालन समन्वय निर्देशक थियाम ही एनजीले भने ‘यसबाहेक, सुधारिएको व्यापार सहजीकरणले निर्यात बढाउन र नेपालको भुक्तानी सन्तुलनलाई सम्बोधन गर्न मदत गर्न सक्छ।’
© 2025, Online Bulletin