सिद्धबाबामा सडकमाथिबाट ढुङ्गा खस्दा ३ जना घाइते


कृष्ण बुढाथोकी

सोमबार, २२ साउन २०८०, दोलखा । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडकको सिद्धबाबामा सडकमाथिबाट ढुङ्गा खसेर जिपमा लाग्दा ३ जना घाइते भएका छन्। तिनाउ–३ सिद्धबाबा नजिकै हेडबक्सनिर गुडिरहेको जिपमाथि ढुङ्गा खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको हो।

बुटवलदेखि पाल्पा तर्फ जाँदै गरेको अवस्थामा माथिबाट एक्कासि ढुङ्गा खस्दा लु २ च २८४९ नम्बरको जिप चालकसहित ३ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सडक भने हाल सुचारु नै रहेको ट्राफिक प्रहरीले जनाएको छ।

सम्बन्धित खबर