आइतबार नेप्से ५३.७० अंकले घटेको छ।

यस दिन नेप्से २.५० प्रतिशतले घटेर २०९७.२९ बिन्दुमा पुगेको छ।

आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँमा सीमित भएको छ।

यस दिन २८६ वटा धितोपत्रको १ करोड १३ लाख २३ हजार १८३ कित्ता सेयर किनबेच भएको हो।