आगामी २६ भदौदेखि नाडा अटो शोको १५ औं संस्करण काठमाडौंमा आयोजना हुने भएको छ ।
६ दिनसम्म चल्ने शोमा १२० वटा स्टलहरु रहने र ४५ वटा सवार साधनका ब्राण्डहरु सहभागी हुने नेपाल अटोमोबाइइल एसोसिएसन (नाडा) ले जनाएको छ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर शोको सम्पूर्ण तयारी सकिएको जानकारी एसोसिएसनले गराएको हो ।
काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीले अर्थतन्त्र चलायमान बनाउन मद्धत पुग्ने नाडाले जनाएको छ ।