मंगलबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बुधबार भने घटेको छ।

लगातार तीन दिन घटेको नेप्से मंगलबार भने १२.७३ अंकले बढेर २०८८.७० बिन्दुमा पुगेको थियो। तर यो वृद्धि दोस्रो दिन टिक्न सकेन।

बुधबार नेप्से ३९.२६ अंकले घटेर २०४९.४४ बिन्दुमा बन्द भएको छ।

बुधबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार १२६ रुपैयाँ पुगेको छ।

यस दिन २७७ वटा धितोपत्रको ८० लाख ९२ हजार ९६९ कित्ता सेयर किनबेच भएको हो।