बालेनले पाए काठमाडौँ विश्वविद्यालयबाट फेलोसिप


अनलाईन बुलेटिन संवाददाता

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विद्यावारिधि (पीएचडी) गर्ने भएका छन्।

मेयर शाहले काठमाडौँ विश्वविद्यालयबाट विद्यावारिधि गर्ने भएका हुन्। 

शनिबार सामाजिक सञ्जालमार्फत शाहले काठमाडौँ विश्वविद्यालयले पिएचडीका लागि फेलोसिप प्रदान गरेको जानकारी दिएका हुन्।

मेयर शाहले आफूले ‘पर्यटन र अर्थतन्त्रलाई प्रवद्र्धन गर्न नेवा सम्पदाको संरक्षण’ शीर्षकमा शोध गर्न लागेको समेत स्पष्ट पारेका छन्।

उनले भनेका छन् : ‘मेरो पीएचडीको लागि फेलोशिप प्रदान गरेकोमा काठमाडौँ विश्वविद्यालयलाई धन्यवाद। साथीहरु अब ३ वर्षमा डा. बालेन। पीएचडीको लागि मेरो विषय ‘पर्यटन र अर्थतन्त्रलाई प्रवर्द्धन गर्न नेवा सम्पदा संरचनाको संरक्षण’ रहेको छ। ’

सम्बन्धित खबर