सवारी चालक अनुमति पत्र (लाइसेन्स)को राजश्व अब अनलाइन माध्यमबाटै भूक्तानी हुने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्रालयले बुधबारदेखि पोखराको यातायात कार्यालयमा अनलाइनबाटै राजश्व भुक्तानी सेवाको सुरूवात गरेको हो।
यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था विभागले तयार पारेको पोर्टलमा थिचेर अनलाइन राजश्व भुक्तानी सेवाको सुरुवात गरेका हुन्।
अब राजस्व तिर्न सम्बन्धित यातायात कार्यालयमै पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ।
मन्त्री ज्वालाले यातायात कार्यालयमा लाग्ने भीडलाई कम गर्न अनलाइनबाट राजश्व भुक्तानी सेवाको सुरू गरिएको बताउँदै विचौलियाको अन्त्य हुने विश्वास व्यक्त गरे।
यातायात व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले पहिलो पटक पोखराको यातायात कार्यालयमा अनलाइन प्रणाली लागू गरिएको र अबको एक महानाभित्र सबै यातायत कार्यालयमा अनलाइनबाट राजस्व भूक्तानी प्रणाली लागू गरिने बताए।
