अपि पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात असार २२ गते, शुक्रबार, बुकक्लोज गर्दैछ
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.४० अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ।
कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
© 2025, Online Bulletin