मौलाकाली केबलकारले टिकटमा ५० प्रतिशत छुटसहित ‘इभिनिङ अफर’ ल्याएको छ।
यही साउनदेखि लागू हुने गरी यो अफर ल्याएको कम्पनीले जनाएको छ। यस अफरअन्तर्गत प्रत्येक बुधबार दिउँसो २ बजेपछि केबलकारको टिकट काट्दा ५० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ।
हाल केबुलकारको दुईतर्फी साधारण टिकट मूल्य ५ सय ५० रुपैयाँ कायम छ। यस अफरअन्तर्गत अब यात्रुले २ सय ७५ मै दुईतर्फी यात्रा गर्न पाउनेछन।
