अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ बाँडफाँट


अनलाईन बुलेटिन संवाददाता

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ शुक्रबार (असार २२ गते) बाँडफाँट भएको छ।

यसमा गोलाप्रथामार्फत कुल ५३ हजार ९५० जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन्। यो आइपीओमा कुल १२ लाख ४७६ जनाले आवेदन दिएकामा २ हजार ३९९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ। 

कम्पनीले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि ५ लाख ३९ हजार ५ सय कित्ताका सेयर बिक्री खुला गरेको थियो। कुल ६ लाख ५० हजार कित्ता सेयर आइपीओमध्ये १०% अर्थात ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै बाँडफाँट गरिसकेको छ।

त्यस्तै, ५% अर्थात ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र २% अर्थात् १३ हजार कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन्।

साथै, अप्पर स्याङ्गे हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट  बाट पनि रिजल्ट हेर्न सकिन्छ।

सम्बन्धित खबर