बुधबार नेप्से परिसूचक ११.१७ अंकले बढेको छ।
यस दिन नेप्से ०.५२ प्रतिशतले बढेर २१६५.२४ बिन्दुमा बन्द भएको छ।
बुधबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार ९०० रुपैयाँ पुगेको छ।
यस दिन २६० वटा धितोपत्रको ८६ लाख ७४ हजार १०९ कित्ता सेयर किनबेच भएको हो।
