
काठमाडौं, वैशाख ८
काठमाडौं। सरकारले इन्धन खपत घटाउने भन्दै शनिबार र आइतबार बिदा घोषणा गरे यसरको प्रभावकारी नदेखिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
दुई दिने सार्वजनकि बिदाले सार्वजनकि यातायात र निजी सवारी प्रयोगमा केही कमी ल्याउने अपेक्षा गरिए पनि निर्माण कार्य र औद्योगिक गतविधिमिा डिजेलको माग बढ्दा समग्र खपत नघटेको देखएको हो । भन्सार विभागको तथ्यांकअनुसार डिजेल खपत फागुनमा भन्दा चैतमा झनै बढेपछि यस्तो देखएिको हो ।
विभागको तथ्यांकअनुसार चालू आवको चैतसम्म डिजेलको कुल आयात परिमाण १० लाख ३५ हजार ३३ किलोलिटर पुगेको छ । जबकी फागुनसम्म ८ लाख ९६ हजार ४४८ किलोलिटर आयात भएको थियो ।
चैतमा मात्रै १ लाख ३८ हजार ५८५ किलोलिटर खपत भएको छ । फागुनसम्म डिजेलको औसत मासिक खपत १ लाख १२ हजार ५६ थियो । फागुनसम्म कुल डिजेल खपतमा १० अर्ब २१ करोड रुपैयाँ खर्च हुने गरेकामा अहिले १ अर्ब २० करोड पुगेको छ ।
पेट्रोल माग सामान्य घटेको तथ्यांकले देखाएको छ । फागुनसम्म पेट्रोल खपतको औसत वृद्धिदर करिब ६३ हजार ९८८ किलोलिटर रहेकामा चैतमा ५६ हजार ४५९ किलोलिटरमा सीमित भएको छ ।
मूल्यवृद्धिका कारण यसअघि मासिक औसत ५ अर्ब ४८ करोड खर्च हुँदै आएको पेट्रोलमा चैतमा मात्रै ६ अर्ब ४९ करोड रुपैयाँ खर्च भएको छ । डिजेल व्यावसायिक प्रयोजनमा खपत हुने भएकाले माग घट्ने गर्दैन ।
सरकारले चैतमा डिजेल आयातबाट मात्रै ४ करोड २५ लाख १९ हजार २३१ र पेट्रोलबाट ३ करोड २३ लाख १० हजार ५९६ रुपैयाँ राजस्व संकलन गरेको छ । आयल निगमले डिजेलमा ९९ रुपैयाँ १६ पैसा नोक्सानी बेहोर्दै आएको बताएको छ भने पेट्रोलमा खासै नोक्सानी छैन ।
