मङ्गलबार, ०१ फागुन २०८०, दोलखा। काठमाडौंको गौशालास्थित एक होटलमा महिलाको हत्या गरेको आरोपमा प्रहरीले दोलखाका एक पुरुषलाई पक्राउ गरेको छ।
रामेछापकी प्रमिला दमाईको हत्या गरेको आरोपमा प्रहरीले दोलखाका कुमार श्रेष्ठलाई पक्राउ गरेको हो।उनीहरू दुवै जना शुक्रबार होटलमा सँगै बसेका थिए। भोलिपल्ट दिउँसो ढोकामा चाबी लगाइरहेको देखेपछिहोटलका स्टाफले चाबी फुटाएका थिए। कोठाभित्र महिला मृत देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबरगरेका थिए।
अर्कै नाममा होटल बुक गरेर कोठामासँगै बसेकी महिला मृत भेटिए पनि पुरुष फरार थिए। शनिबारदेखि फरारभएका ती पुरुषलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार बानेश्वरबाट पक्राउ गरेको हो।प्रहरीका अनुसार कुमारले आफूले महिलाको हत्या गरेको स्वीकार गरेका छन्।
कुमार र हत्या भएकी महिला दुवै विवाहित हुन्। मृतक महिला सिनामंगलमा डेरा गरी बस्थिन्।
संक्षिप्त जानकारीः
दोलखाका कुमार श्रेष्ठ र रामेछापकी प्रमिला दमाईबीच रेडियो कार्यक्रम ‘मेरो साथी’ मार्फत चिनजान हुन्छ। फोन नम्बर पनि उनीहरुले रेडियो कार्यक्रम मार्फत नै आदान प्रदान गर्छन्। दोलखाबाट प्रशारण हुने रेडियो कार्यक्रम ‘मेरो साथी’ मार्फत उनीहरु साथि बन्छन्।
२८ वर्षीया प्रमिला रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर–५ की हुन् भने ३८ वर्षीय कुमार बैत्यश्वर गाउँपालिका–७ का हुन्। रेडियो कार्यक्रम मार्फत नम्बर साटासाट गरी साथि बनेका उनीहरु विस्तारै प्रेम सम्बन्धमा अघि बढ्छन्। प्रमिला र कुमार दुवै विवाहित हुन्। विवाह बन्धनमा रहेका उनीहरुको दुवैतिर बालबच्चा भएपनि सम्बन्ध साथिबाट विस्तारै प्रेममा परिणत हुन्छ। उनीहरु दुवै जना काठमाडौं बस्थे। उनीहरु घरबाहिरै भेट्ने र कहिलेकाँही होटलमा गएर सँगै बस्ने गर्थे । यही माघ २६ गते शुक्रबारको कुरा हो उनीहरु दुवै जना गौशालास्थित सिराहा धनुषा होटल एण्ड लजमा बस्न पुग्छन्। त्यतिबेला बैतेश्वरका कुमारले अर्कै नाममा होटल बुक गरे। उनले कोठा बुक गर्दा सन्दिप लामाको नाममा बुक गरेको भेटिएको छ। कुमार र प्रमिला दुवै जना शुक्रबार राती होटलमा सँगै बसे। कुमार माघ २४ मा पनि होटलमा गएर बसेका थिए। त्यसदिन साँझ ६ बजेर १८ मिनेटमा उनीहरु लजमा गएको देखिएको छ।
तर, भोलिपल्ट दिउँसो एकाएक प्रमिला होटलको कोठामै मृत फेला परिन्। ढोकामा चाबी लगाइरहेको देखेपछि होटलका कर्मचारीले चाबी फुटाएका थिए। कोठाको खाटमा रहेको महिलाको शव घाँटीमा नाइलनको डोरीले कसिएको र अनुहार रगताम्मे थियो। त्यसपछि कोठाभित्र महिला मृत देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। पछिल्लो १ वर्षदेखि प्रमिला र कुमार ‘लिभिङ रिलेसन’ मा थिए। माघ २४ र २६ गते पनि कुमारले प्रमिलालाई सो होटलमा बोलाएको प्रहरीको अनुसन्धानबाट थाहा खुलेको छ। प्रमिलाले कुमारलाई विवाह गर्नुपर्छ भनेर दवाव दिएपछि प्रेम सम्बन्ध हत्यामा परिणत भएको देखिएको प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्री बताउनुहुन्छ।
विवाहको दवाव दिएपछि प्रमिलालाई झापड हानेर कुमारले घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ। घटनापछि दोलखामा उनको घरदेखि काठमाडौँको डेरासम्म प्रहरी पुग्यो। तर कुमारलाई फेला पार्न सकेन। प्रहरीले खोजीकार्य जारी राख्दा कुमार आइतबार बुद्धनगरको लक्ष्मीचोकबाट पक्राउ परे। प्रहरीका अनुसार कुमारले आफूले महिलाको हत्या गरेको स्वीकार गरेका छन् भने उनीहरुबीचको चिनजानको माध्यम र प्रेम सम्बन्धबारे यी सबै कुरा कुमारले प्रहरी समक्ष खुलाएका छन्।
प्रमिला र कुमारको सम्बन्धबारे शंका लागेपछि यसअघि नै पनि प्रमिलाका श्रीमान नशे दमाईले प्रहरीकोमा उजुरी गरेका थिए। रामेछापको ईलाका प्रहरी कार्यालय धोबीमा दुवै पक्षलाई बोलाएर प्रहरीले छलफल गराएको थियो। प्रहरीले छलफल गराएपछि पनि उनीहरु छुट्न सकेनन्। अहिले लुकेर भेटघाट र लिभिङ टुगेदरमा बस्दा प्रेम सम्बन्धले हत्या सम्मको दर्दनाक अवस्था सिर्जना गरेको हो।
© २०८२, अनलाईन बुलेटिन