चिकित्साकर्मीहरुलाई आक्रमण गर्नेमाथि कारबाही हुनुपर्छ : विमलेन्द्र निधि


कृष्ण बुढाथोकी

शुक्रबार, १२ असोज २०८०, दोलखा। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले चिकित्साकर्मीहरुमाथिको आक्रमण आपत्तिजनक भएको बताएका छन्। आन्दोलनरत् चिकित्सकहरुक‍ो माग जायज रहेको भन्दै अपराधी ज‍ो सुकै भए पनि कारबाही हुनु पर्ने बताए।

ुअस्पतालमा पटक पटक डाक्टर र चिकित्साकर्मीहरुमाथि आक्रमण हुनु आपत्तिजनक विषय ह‍ो, उनी भन्छन्, यसको घोर निन्दा गर्दछु। आन्दोलनरत् चिकित्सकहरुक‍ो माग जायज ह‍ो। अपराधी ज‍ो सुकै भए पनि कारबाही हुनु पर्दछ।

असान्दर्भिक र अनुपयुक्त तर्क सारेर कसैले अलमल्याउन खोज्नु अनुचित हुने उनको भनाइ छ। असान्दर्भिक र अनुपयुक्त तर्क सारेर कसैले अलमल्याउन खोज्नु अनुचित हुनेछ। सरकारक‍‍ो ध्यान जाओस्,ु नेता निधिले भने।

केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्की, चितवन, बुटवल, मोरङ, पाटन लगायतका अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको थियो। त्यसको विरोधमा चिकित्सकहरु आन्दोलित छन्।

सम्बन्धित खबर