सोमबार नेप्से परिसूचक ११.६९ अंकले बढेको छ।

यस दिन नेप्से ०.५५ प्रतिशतले बढेर २१२९.४२ बिन्दुमा पुगेको छ। सोमबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ५ अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ रुपैयाँमा सीमित भएकाे छ।

यस दिन २७९ वटा धितोपत्रको १ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयर किनबेच भएको हो। सोमबार चार वटा कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ।

आज शिवम सिमेन्ट, सोल्टी होटल र हिमालयन डिष्टिलरीमा लगानीकर्ताको आकर्षण देखिएको छ। त्यस्तै हिमालय लाइफ इन्सुरेन्सको सेयर मूल्य सकरात्मक सर्किटको लेभलमा बढेको छ।