नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले आगामी दिनमा बैंक ब्याजदर अझै घट्दै जाने बताएका छन्।

सोमबार संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले राष्ट्र बैंकको निर्देशन अनुसार असारमा स्प्रेड दर ४% मा झारेका कारण आगामी दिनमा ब्याजदर थप घट्दै जाने बताएका हुन्।

पछिल्लो समय व्यवसायीहरुले माग गरे अनुसार नै ब्याजदर घट्दै गएको पनि उनले दाबी गरेका छन्। यता, चालु आर्थिक वर्षको मौद्रिक नीति सन्तुलित रहेको उनको भनाई छ।

निजी क्षेत्रमा प्रवाहित हुने कर्जाको सीमा कम भएको हो कि भन्ने देखिएपनि चालु आर्थिक वर्षमा ६.५ खर्ब रुपैयाँ कर्जा प्रवाह हुने अनुमान गरिएको उनले बताए। साथै, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाहलाई जोड दिइनु सकारात्मक भएको उनको भनाई छ।