सांसदहरुको माग : युवाहरुलाई देश भित्रै रोजगारीको व्यवस्था गर्न


कृष्ण बुढाथोकी

शुक्रबार, २२ असार २०८०
दोलखा । आज शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अधिकांश सांसदहरुले मुलुक भित्रै रोजगारीको व्यवस्था गर्न सरकारसँग आवश्यक अनुसारका माग गरेका छन् । वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुलाई देश भित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरुले सरकारसँग माग गरेका थिए । सांसदहरुले पछिल्लो समय मुलुक भित्र युवा जनशक्ति भन्दा पनि बुढाबुढीहरुको संख्या बढेको सरकारी तथ्याङ्कले देखाएको जानकारी दिएका थिए ।

सांसदहरुले नेपाल सरकारले सधैँ वैदेशिक रोजगारीलाई मात्रै प्राथमिकता दिएर रेमिट्यान्स भित्र्याउने प्रयास गर्दा भविष्यमा मुलुक दुर्घटनामा पर्ने जानकारी दिए । सांसदहरुले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई देश भित्रै कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताएका थिए । नेकपा एमालेका सांसद लालप्रसाद साँवा लिम्बूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको विदेश जानु भन्दा अघि सीप प्रमाणपत्र बनाउने वातावरण सरकारले बनाउनु पर्ने र सरकारले स्थानीय तहलाई सीपमुलुक तालिम दिने र अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न पाउने अधिकार दिनसके दक्ष जनशक्ति उत्पादन हुने बताएका थिए साथै नेपाली श्रमिकहरु काम गर्न पुगेको देशहरुसँग सरकारले श्रम सम्झौता गर्न आवश्यक रहेको जानकारी दिएका थिए।

बिभिन्न सांसदहरुले आफनो विचार राख्दै गर्दा सांसद पराजुलीले भने सरकारले सीप सिकाएर सिकेको सीपलाई प्रयोग गर्ने अनुकुल वातावरण बनाइदिनुपर्ने र विदेशी भूमिमा पसिना बगाएर पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेको भन्दै श्रमिकहरुको सम्मान राज्यले गर्न नसकेको बताएका थिए। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले वर्षैपिच्छे वैदेशिक रोजगारीलाई प्राथमिकता दिन नहुने यसले मुलुक भित्रै युवाहरुलाई रोजगारी सिर्जना गर्ने वातावरण सरकारले बनाउनुपर्ने जस्ता कुरा उठाउनुका साथै सरकारले रेमिट्यान्स भित्र्याउने उद्देश्यले मात्रै वैदेशिक रोजगारीलाई प्राथमिकता दिए भविष्यमा मुलुक दुर्घटनामा परिसकेको बताए ।

बैठकमा सांसद रामशंकर यादवले विदेशमा दुःख काट्ने नेपालीहरुलाई नेपालमा नै व्यवस्थित गर्न आवश्यक रहेको र वैदेशिक रोजगारीमा जानका लागि ऋण लिँदा नै मिटर ब्याजीहरुको जन्म भएको बताएका छन ।

सांसद यादवले वैदेशिक रोजगारीमा जान ऋण लिन धितो राखेको घरजग्गा समेत सक्छ तर विदेश जान समेत नपाउने अवस्था रहेको बताए । उनले गरिब जनतालाई वैदेशिक रोजगारीमा पाउनै पर्ने भएर सरकारी फण्ड बनाएर पाउन माग गरे ।

सम्बन्धित खबर